२२ वर्षमा लागिन् झरनापुत्री सुहाना

suhana-thapa
लाेकपाटी न्यूज

काठमाडौं, २५ वैशाख। नेपाली सिनेमा क्षेत्रकी चर्चित अभिनेत्री झरना थापा र चर्चित निर्माता सुनिलकुमार थापाकी छोरी सुहाना थापा २२ वर्षमा प्रवेश गरेकी छिन्। बुधबार झरनापुत्री सुहानाले आफ्नो जन्मदिन भव्यताका साथ मनाउँदै छिन्।

सुहानाको डेव्यु सिनेमा ‘ए मेरो हजुर ३’ आज वैशाख २५ गते सत्ताइसौं दिनमा प्रदर्शन भैरहेको छ। उनले डेब्यु सिनेमा मार्फतनै यो क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाइसकेकी छन्। पहिलो सिनेमा नै काँधमा बोक्न सफल भएकी सुहानालाई राइजिङ स्टारको रुपमा हेरिएको छ।

पहिलो सिनेमानै सुपरहिट सावित भएपछि उनको करिअरको बाटो अझ बुलन्द भैदिएको छ। बुधबार बेलुका पाँचतारे होटलमा ‘ए मेरो हजुर ३’को सक्सेस पार्टीसँगै सुहानाले केक काट्ने भएकी छिन्।

होम प्रोडक्सनकै दुई फिल्ममा फाईनल भैसकेकी सुहानाले ‘भागवत गीता’मा अनमोल केसीसँग दोस्रो सहकार्य गर्नेछिन्। ‘ए मेरो हजुर ३’मा यो जोडीलाई रुचाइएका कारण पनि सुहाना इन्टरटेनमेन्टले दोस्रो पटक पर्दामा उतार्दैछ। त्यस्तै ‘ए मेरो हजुर ४’को लागि पनि सुहाना तयार छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्