काठमाडौं, २५ वैशाख। काठमाडौं महानगरपालिकाले अब बेरोजगारलाई रोजगारी दिने भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम र महानगरको आर्थिक वर्ष ०७६\७७ को बजेटका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले यस बिषयमा जानकारी गराएका हुन्।
उनले बेरोजगार नागरिकहरुलाई रोजगारीका लागि वडा कार्यालयमा बेरोजगारीको विवरण बुझाउन आग्रह गरेका छन्।
मेयर शाक्यले बेरोजगारीलाई एक सय दिनको रोजगारी प्रदान गर्ने र यदि काम नपाए निर्वाह भत्ताबापतको रकम दिने बताए।
अधिकांश युवाहरु बिदेशीने गरेको र बाँकीको जनशक्तिलाई स्वदेशमा नै लगाउन रोजगार कार्यक्रममार्फत सन्तुलन मिलाउन खोजिएको महानगरपालिकाले बताएको छ।



लाेकपाटी न्यूज

