अमेरिकाको एक स्कुलमा गोली चल्यो, ८ घाईते

लाेकपाटी न्यूज

काठमाडौं, २५ वैशाख। अमेरिकाको एक स्कुलमा गोली चल्दा ८ जना घाईते भएका छन्। अमेरिकाको कोलोराडोस्थित डेनवर शहरमा रहेको एक स्कुलमा अन्धधुन्ध गोली चल्दा ८ जना घाईते भएका हुन्।

हाईल्याण्डस रेन्च समुदायका स्कुलमा मंगलबार गोली चलेको हो। १८ सय भन्दा बढि बिद्यार्थीहरु रहेको स्कुलमा कसले गोली चलायो भन्ने अझै सम्म खुल्न सकेको छैन।

प्रहरीले उक्त व्यक्तिको खोजीकार्य तिव्र बनाएको छ। यता प्रहरीले २ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। घटना लगत्तै प्रहरी घटनास्थल पुगेको थियो। त्यहीबाट संकापस्द २ जना पक्राउ परेका हुन। (एजेन्सी)