राजधानीमा भेटिए हैजाका बिरामी

लाेकपाटी न्यूज

काठमाडौं, २५ वैशाख। राजधानीमा हैजाका बिरामी फेला परेका छन्। दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी राजधानीमा फेला परेका हुन्।

काठमाडौं महानगरपालिका १३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो। ४५ वर्षीय ती बिरामीको दिसामा हैजाका जीवाणु फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए।

झाडापखाला भएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि भर्ना भएका थिए। उनको दिसाको नमूना संकलन गरी शुक्रराज अस्पतालको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो। दिनेश गौतमले अन्नपूर्णपोस्ट दैनिकमा समाचार लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्