प्रधानमन्त्रीको भ्रमणको पूर्व तयारी कमजोर देखियो : डा. सिम्खडा

Dr. shamburam Simkhada
लाेकपाटी न्यूज

काठमाडौं, २४ वैशाख। परराष्ट्र मामिलाका जानकार तथा पूर्व राजदुत डा. शम्भुराम सिम्खडाले प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडियाको भ्रमण संस्कृति कुटनीतिलाई बढावा दिन महत्वपूर्ण रहेको बताएका छन्।

रिपोटर क्लवमा आयोजित एक कार्यक्रममा बोल्दै सिम्खडाले भियतनाम र कम्बोडिया दुवै देश संक्रमणकालिन अवस्थाबाट माथि उठेर उच्चस्तरको आर्थिक वृद्धिद्धर हाँसिल गरेका मुलुक भएकोले भ्रमणको क्रममा त्यसबाट लाभ लिन सक्नुपर्ने बताए।

भियतनाममा हुने वैशाखी सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता हुने र सम्बोधन गर्ने कुरा राम्रो भएको पनि उनले स्पष्ट पारे। यद्धपी उनले नेपालको आन्तरिक राजनीतिकलाई सुविचार गरेर गर्दै पूर्व तयारी राम्रो काम गरेर गएको भए उपयुक्त हुने थियो भन्नेपनि धारणा राखे। नेपालको विदेश नीतिमा आम सहमति हुनुपर्ने पनि उनले बताए।

नेपालको संक्रमणकालिन न्याय जटिल विषयवस्तु बनेर आउनेवाला रहेको पनि उनले खतरा औंल्याए। अहिलेको सरकार नेपालको ईतिहासमै तेस्रो ठूलो प्रवाह भएकोले अब आफ्नो छबि कस्तो बनाउने भन्ने कुरा उसको प्रस्तुतिकरणमा भर पर्ने पनि उनको भनाई छ।