काठमाडौं, २४ वैशाख। सुदुरपश्चिमका औषधि पसलहरुमा अनुगमन तीव्र पारिएको छ। औषधि व्यवस्था विभागले सुदुरपश्चिमका औषधि पसलहरुमा अनुगमन तीव्र पारेपछि व्यवसायीको भागाभाग भएको हो।
यही १७ देखि २३ गतेसम्म बाजुरा, अछाम र कैलाली जिल्लामा अनुमगन गरिएको थियो। औषधि व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरिक्षकहरु विजय कार्की, पुष्प राना क्षेत्री र यादव ढकालको नेतृत्वमा कैलाली जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सम्नवय गरी २५ औषधि पसलरफार्मेसी अनुगमन गरिएको होे।
अनुगमन गर्ने क्रममा २ वटा औषधि पसल शिलबन्दी भएका छन् भने ३ लाइ जिल्ला प्रशासनको रोहवरमा बन्द गरिएको छ। शिलबन्दी हुनेमा कैलाली धनगढ़ी न.पा.-२स्थित अनमोल आयुवेदिक उद्योग न्यु रोज मार्केटिङ सप्लायर्स) र जिल्ला बाजुरा बान्नीगढी जयगड गा.पा.-३ स्थित ईभानजालिना मेडिकल( बान्नीगढी हेल्थ केयर) रहेका छन्।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयको रोहवरमा बन्द गराइएका बाजुरा बडीमालीका न.पा. ८ का सुन्दर बढीमालीका फार्मेसी र सोही जिल्ला जड़गाका बल बहादुर बडवाल किल्निक र बाम्का बजारको कालिका किल्निक परेका छन्।
अनुगमन टोलीले अछाम साफेवगर न.पा.-१३ का वावली मेडिकलले दर्ता नभएको औषधि सञ्चय गरेकाले कारबाहीको लागि विभागीय पत्र काटेको छ।
त्यसैगरी कैलाली जिल्ला धनगढी उ.म.न.पा.मा रहेको थोक पसल एसआर फर्मास्युटिकल्स ड्रिस्टिब्युटर्स र सगरमाथा मेडिसिन ड्रिस्टिब्युटर्सलाई अनुगमन गर्दा उक्त औषधि पसलहरुद्वारा सुदुर पश्चिम क्षेत्रका जिल्लाहरुमा दर्ता नभएको औषधि पसलहरु र किल्निकहरुलाई अवैध तरीकाले औषधि विक्रिवितरण गरी विकृति फैलाइएको पाइएको छ।
अनुगमनमा व्यवसायी र फर्मासिस्ट पसलमा नहुने तथा गैर व्यक्तिद्वारा सञ्चालन र औषधि ऐन बर्खिलाप क्रियाकलाप देखिएको हुँदा थप कारबाहीको लागि विभागीय पत्र काटी कार्यालयमा बोलाइएको छ।



लाेकपाटी न्यूज

