काठमाडौं, २४ वैशाख। समाजवादी पार्टीका केन्द्रीय सदस्यहरूले सपथ लिएका छन्। नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकताबाट बनेको संघीय समाजवादीका केन्द्रीय सदस्यहरूले सपथ ग्रहण गरेका हुन्।
केन्द्रीय सदस्यहरूलई पार्टी केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले सपथ गराएका हुन्। यादव र अर्का अध्यक्ष बाबुराम भट्टराईले ८० वर्षीय केन्द्रीय सदस्य प्रेम किसान पाठकबाट सपथ लिएका हुन्।
समाजवादी पार्टी नेपालमा ४ सय ३० केन्द्रीय सदस्य रहेका छन्। सोमबार वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै डा. बाबुराम भटराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको एकीकरण भएको थियो।



लाेकपाटी न्यूज

