काठमाडौं, २४ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार र खुलामञ्चको जग्गा अतिक्रमण आफनो सरकारको पालामा नभएको बताएका छन्।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको संसदमा मंगलबार जवाफ दिँदै उनले सार्वजनिक सम्पत्तिको रक्षाका लागि सरकार निरन्तर दत्तचित्त भएर लागेको बताउँदै बालुवाटार र खुलामञ्च आफनो पालामा अतिक्रमण नभएको दाबी गरे।
उनले भने ‘बालुवाटार पनि बिकेछ। खुलामञ्च पनि मासिएछ भनेको सुन्छु यो सरकारले हो ? अहिले त बालुवाटारको जमिनको समस्या खोजी हुँदै छ। छानबिन हुँदैछ।’
खुलामञ्च अगाडि नै अतिक्रमण भएको भन्दै उनले अहिले खुलामञ्चलाई फिर्ता ल्याइएको बताए। उनले अतिक्रमण भएका सार्वजनिक जग्गाहरुको खोजि भईरहेको बताउँदै आवश्यकतानुसार सार्वजनिक सम्पत्तिको सदुपयोग गर्न लागिएको बताए।
उनले वाईडबडी घोटाला प्रकरणको पनि जवाफ दिँदै भने “वाईडबडीको कारोबार यो सरकारले गरेको हो ? के भएको हो छानबिन हुँदैछ”। यी सबै प्रकरण पहिलेको सरकारको पालामा भएको बरु अहिले चाँही छानबिन भईरहेको उनले बताए।



लाेकपाटी न्यूज

