अवतरणकाे क्रममा ‘हेलिकप्टर’ दुर्घटना

pokhara Accident
लाेकपाटी न्यूज

पोखरा, २४ वैसाख। पोखरा विमानस्थलमा जाइरोकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । मंगलबार दिउँसो दुई बजे हेली एयर नेपाल प्रालिको नाइनएन एएमके कल साइनको जाइरोकप्टर रन वेबाट चिप्लिएर दुर्घटनामा परेको जनाइएको छ।

दिउँसो १ः४५ मा फ्रान्सेली पाइलट एरिकले यात्रु अनिश भट्टचनलाई राखेर उडाएका थिए। जाइरोकप्टर उत्तरी भेगबाट ल्याण्ड गर्ने क्रममा चिप्लिएर दक्षिणी भागको तारबारमा पुगेर ठोक्किएको थियो। दुर्घटनामा जाइरोकप्टरको दुबै पंखा भाँच्चिएका छन्। अगाडिको सिसा फुटेको छ।

पाइलट र यात्रु दुबै सकुशल रहेको नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयका सूचना अधिकारी काशिराज शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्