राष्ट्रपति र प्रधानमन्त्रीको चरित्रहत्या गर्ने हेडमास्टर पक्राउ

Ishwor-chaulagai
लाेकपाटी न्यूज

सिन्धुपाल्चोक, २४ वैशाख। सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एक जना प्रधाननाध्यापक पक्राउ परेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचारसहित अश्लिल गाली गर्ने सिन्धुपाल्चोक फटकशिला माविका प्रध्यानाध्यापकलाई प्रहरीले पक्राउ गरेको हो।

तस्बिर अतिरञ्जित गर्ने मेलम्ची नगरपालिका–१३ स्थित फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ।

अपराध महाशाखाले प्रक्राउ गर्ने निर्देशनपछि चौलागाईंलाई पक्राउ गरी अपराध महाशाखामा पठाइएको गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्