चितवन, २३ वैशाख। चितवनमा दाहसंस्कार गर्न लाग्दा नवजात शिशुले श्वास फेरेपछि पुनः उपचारका लागी अस्पताल र्पुयाइएको छ। आइतबार मृत्यु भएको आशंका गरी दाहासंस्कारका लागि चितवनको देवघाटमा खाल्डो खन्दै गर्दा शिशुले सास फेरेपछि पुनः उपचारका लागि अस्पताल लगिएको हो।
मकवानपुरकी एक अविवाहित महिलाले जन्माएकी शिशुलाई चितवन मेडिकल कलेजले बचाउन नसक्ने भनेपछि शिशुलाई दाहासंस्कारका लागि देवघाट लगेका थिए। दाहासंस्कारका क्रममा सास फेरेपछि पुनः उपचारका लागि अस्पतालमा लगिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
अविवाहित महिलाबाट ८ महिनामै जन्मिएको बच्चालाई सिएफसिले बचाउन नसक्ने भनेपछि आफन्तहरूले घर लैजाने भनेर देवघाट तिर लगेको पाइएको प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले बताए। अनुसन्धानका लागी दाहासंस्कारमा संलग्न १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएइको छ।



लाेकपाटी न्यूज
