‘कम्युनिष्ट र कांग्रेसलाई सिंहदरबारबाट गलहत्ताउँछौं’

Rajendra shrestha
लाेकपाटी न्यूज

काठमाडौं। नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकता भए बनेको नवगठित समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले नेपालका कम्युनिष्टहरू राजतन्त्रको गर्भबाट आएको बताएका छन्।

सोमबार पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै नेता श्रेष्ठले कम्युनिष्टहरू राजतन्त्रको गर्भबाट आएकोले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले मेरो सरकार भनेको तर्क गरे।

‘कतिपयले बेलायततिर नि मेरो सरकार भन्छन् भने तर त्यस्तो होइन यो त राजाको जस्तो भयो। राजतन्त्रकै गर्भबाट आएका कम्युनिष्टले मेरो सरकार भने,’ श्रेष्ठले भने। आगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकारको सम्बोधन गरेकी थिइन्।

नेता श्रेष्ठले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई थारो गाईजस्तो भएको बताए। ‘राजतन्त्रको गर्भबाट आएका कम्युनिष्ट र थारो गाई भएको कांग्रेसलाई घोक्रेठ्याँक लगाएर सिंहदरबारबाट निकाल्छौं र हाम्रो पाटीको झण्डा फहराउँछौं,’ उनले भने।