काठमाडौं। संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकीकरणपछि बनेको समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारी घोषणा गरिएको छ।
एकतापछि बनेको पार्टीको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषदका अध्यक्षमा डा. बाबुराम भट्टराई छन्। यस्तै वरिष्ठ नेतामा अशोक राई तथा पार्टीको सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन्।
उपाध्यक्षमा ८ जनालाई राखिएको छ। उपाध्यक्षमा नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई रहेका छन्।
यस्तै ३ जना महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कंङदङ्वा, रामसहायप्रसाद यादव छन्। उपमहाचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी गरी ३ जना नै रहेका छन्।
पार्टीको सचिवमा संघीय सरकारका वर्तमान शहरी विकास मन्त्री मोहम्दम इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह गरी ४ जना रहेका छन्। पार्टीको कोषाध्यक्षमा प्रदेश नम्बर २ का अर्थ मन्त्री विजय यादवले जिम्मेवारी पाएका छन्।



लाेकपाटी न्यूज

