प्रहरी एसएसपी सरुवा : काे कहाँ पुगे ?

nepal-police-cap
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख। गृहमन्त्रालले तीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालले उनीहरुको सरुवा गरेको हो।

सरुवा अनुसार महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा आएका छन् भने काठमाडौ परिसर प्रमुखमा उत्तमराज सुवेदी र लागूऔषध अनुसन्धान ब्यूरोमा वसन्त कुमार लामा गएका छन्।

त्यस्तै अपराध महाशाखामा रहेका धिरजप्रताप सिंह प्रहरी हेडक्वाटर पुगेका छन्। सुवेदी यसअघि प्रहरी प्रवक्ता थिए भने लामा महानगरीय प्रहरी परिसर काठमाडौंमा थिए। यस्तै थापा पूर्वी क्षेत्रीय तालिमकेन्द्र विराटनगरमा थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्