काठमाडौं, २३ वैशाख। नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबीच एकता घोषणासभा शुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार दुई दलबीच एकता घोषणासभा शुरु भएको हो।
लामो समयको प्रयासपछि यी दुईदलबीच एकता हुन लागेको हो। एकतापछि पार्टीको नाम समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ। पार्टीमा दुई अध्यक्ष रहने र अहिले केही बेरमै दुबै अध्यक्षले समाजवादी पार्टी नेपालको घोषणा गर्न लागेको नयाँ शक्तिका एक नेताले बताए।
एकताका लागि अहिलेसम्म पार्टीको नाममा सहमति भए पनि झण्डा र चुनाव चिन्हका बारेमा भने मतभेद कायमै रहेको छ। केही समयका लागि फोरम नेपालले प्रयोग गर्दे आएको झण्डा प्रयोग गर्ने सहमति भएको पनि ती नेताले बताए।
शनिबार दुवै दलका शीर्ष नेताहरुले एकताका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए।



लाेकपाटी न्यूज

