मेयर रेनु दाहालले सरसफाई गर्दै सुरु गरिन् सडक सुरक्षा सप्ताह

renu
लाेकपाटी न्यूज

चितवन, २३ वैशाख। चितवनमा सोमबारदेखि सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडक सुरक्षा सप्ताह २०७६ सुरु गरेको छ।

कार्यक्रमको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक समारोहकाबिच उद्घाटन गरिन्। कार्यक्रमको उद्घाटन गर्दै दाहालले सडक दुर्घटना न्यूनिकरणमा साताव्यापी कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गरिन्।

साताव्यापी कार्यक्रमले दुर्घटना न्यूनिकरण गर्दै सडक व्यवस्थापनमा टेवा पुग्ने उनको भनाई थियो। जिल्लामा सवारी साधनको वढ्दो चापसँगै दुर्घटना पनि वढेको बताउँदै उनले चापलाई व्यवस्थापन गर्नु महत्वपूर्ण जिम्मेवारी रहेको बताईन्।

सप्ताहाको पहिलो दिन सोमबार नारायणगढको पुलचोकदेखि चौबिसकोठीसम्म सरसफाई, २४ गते दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना  र्‍याली, २५ गते स्कुल कलेज सम्पर्क कार्यक्रम र सवारी चालक परिचालकलाई स्वास्थ्य प्रशिक्षण, २६ गतेदेखि २८ गतेसम्म वडास्तरीय प्रशिक्षण अभियान, २७ गते स्थानीय निकायका जनप्रतिनिधि तथा कर्मचारीसँग अन्तरक्रिया, २८ गते दुर्घटनामा परि मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्वलन र २९ गते समापन समारोह रहेको कार्यालयका सहायक प्रहरी निरीक्षक कृष्ण वहादुर ज्यूठकुरीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्