ब्रुनाई, २३ वैशाख। ब्रुनाईमा समलिंगी यौन सम्बन्धमा रहेकालाई ढुंगाले हानेर मृत्युदण्ड दिने कानून लागू नहुने भएको छ।
गत अप्रिलमा ब्रुनाईमा समलिंगी यौन सम्बन्ध रहेको पत्ता लागेमा ढुंगाले हानेर मृत्युदण्ड दिने कानून बनाइएको थियो।यसबारेमा अधिकारकर्मी तथा अन्तर्राष्ट्रिय जगतमा चर्को आलोचना भएको थियो ।
आलोचना भएपछि ब्रुनाईका सुल्तान हसनल बोल्कीहाले टेलिभिजनबाट देशवासीका नाममा सम्बोधन गर्दै देशमा समलिंगी सम्बन्धमा कसैलाई मृत्युदण्ड नदिने बताएका छन्।
यद्यपि ब्रुनाइमा सन् १९५७ देखि विद्यमान कानूनमा कतिपय विषयलाई लिएर मृत्युदण्डको व्यवस्था रहेको छ।
(एजेन्सी)



लाेकपाटी न्यूज

