लोकतन्त्रका लागि कांग्रेसकाे नयाँ अभियान

लाेकपाटी न्यूज

काठमाडौं, २२ वैशाख। नेपाली कांग्रेसले पार्टीको केन्द्रदेखि वडा तहसम्म लोकतन्त्रका लागि कांग्रेस मेला अभियान चलाउने भएको छ। उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले संघ, प्रदेश, जिल्ला, क्षेत्र, गाउँरनगर र वडामा कांग्रेस मेला गर्न लागेको हो।

पार्टी सचिव मुक्ति आचार्यले आइतबार विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार वैशाख १९ देखि आजसम्म चलेको बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ।

१. नेपाली कांग्रेसद्वारा घोषित “राष्ट्रिय जागरण” कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्न र यसका लागि सहयोग पुग्ने गरी प्रतिष्ठानका कार्यक्रमहरु समन्वयात्मक रुपमा संचालन गर्ने।

२. संघीय संसद ९प्रतिनिधि सभा र राष्ट्रिय सभा० मा रहेका नेपाली कांग्रेसका सांसदहरुका लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने।

३. पार्टीका महाधिवेशन प्रतिनिधिहरुको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम देशका सातवटै प्रदेशमा आयोजना गर्ने।

४. सातवटै प्रदेशका पार्टीका प्रदेश सभा सदस्यहरुका लागि प्रदेश स्तरीय संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने।

५. नेपाली कांग्रेसबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाण्डौंमा आयोजना गर्ने।

६. पार्टीका भ्रातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई प्रशिक्षणको कार्यक्रम संचालन गर्ने÷ गराउने।

७. विदेशस्थित जनसम्पर्क समितिहरुमा आवद्ध साथीहरुलाई प्रशिक्षणको कार्यक्रम आयोजना गर्ने।

८.  संघ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म लोकतन्त्रका लागि “कांग्रेस मेला” को आयोजना गर्ने।

९.  समसामयिक राष्ट्रिय विषयहरुका सम्बन्धमा विचार–गोष्ठी÷छलफल, वहस, अन्तरक्रिया र अन्तरसंवाद कार्यक्रमको आयोजना गर्ने।

१०. अन्तर्राष्ट्रिय विषयहरुका सम्बन्धमा देशभित्र र देशबाहिरका विज्ञ र प्रतिनिधिहरु सहभागी गराई संवाद, गोष्ठी, छलफल, अन्तरक्रिया लगायतका कार्यक्रमहरु संचालन गर्ने।

११. नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन, पार्टीको आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहिदहरुको जीवनी, नेतृत्वको योगदान, नेपालको परिचय, इतिहास, संस्कृति, सम्पदा आदिको विषयमा जानकारी दिन र नेपाली कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन १३ वर्षदेखि१८ वर्षका विद्यार्थीहरुका लागि र १९ वर्ष देखि २८ वर्षसम्मका उमेर समुहका लागि विशेष कार्यक्रमहरु तर्जुमा गरी संचालन गर्ने।

१२. पार्टीको विधानमा व्यवस्था भए बमोजिम नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्नु पूर्व प्रशिक्षण लिएको हुनै पर्ने भएकोले सबै क्रियाशील सदस्यहरुका लागि विभिन्न तह र चरणमा प्रशिक्षण कार्यक्रम व्यवस्थित रुपमा संचालन गर्ने।