केजरीवाललाई माेदीका कार्यकर्ताको झापड (भिडियाे)

kejariwal
लाेकपाटी न्यूज

एजेन्सी। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बीच सडकमै झापड खाएका छन्। शनिबार चुनावी अभियानका क्रममा रहेका केजरीवाले सडकमै झापड खाएपछि गएको पाँच वर्षमा आफूमाथि ९ पटक आक्रमण भएको बताए।

आइतबार आम आद्मी पार्टीका संयोजकसमेत रहेका केजरीवालले उक्त घटना पधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भएको आरोप लगाए। पत्रकार सम्मेलनको आयोजना गर्दै केजरीवालले प्रधानमन्त्री पदबाट मोदीले राजीनामा दिनुपर्ने मागसमेत गरेका छन्।

उनले आफूमाथिको आक्रमण दिल्लीका नागरिकमाथिको आक्रमण भएको बताएका छन्। उनले यी आक्रमणहरु सरकारले गराएको आरोप लगाए। केजरीवालले आक्रमणकारीका श्रीमतीसँग कुरा गरेको समते बताए।

ती महिलाले आफ्ना श्रीमानले मोदीविरुद्धको आवाज सुन्न नसक्ने केजरीवाललाई बताएको जनाइएको छ। मोदीले आफ्ना अन्धभक्त कार्यकर्तालाई अराजक गतिविधिमा संलग्न गराएको केजरीवालको आरोप छ। यस्ता गतिविधिले आफू मोदीसँग नडराउने उनको भनाई छ।

सात चरणमा सम्पन्न हुने निर्वाचनको ४ चरण सकिएको छ। अब ३ चरणका निर्वाचन हुन बाँकी छ। भोलि सोमबार भारतमा पाँचौ चरणको निर्वाचन हुनेछ। मे १२ मा छैठौं तथा १९ तारिखमा सातौं चरणको निर्वाचन सम्पन्न हुनेछ।

दिल्लीका मुख्यमन्त्री अरविंन्द केजरीवाललाई एक युवाले सडकमै झापड हानेका छन्।विस्तृतमा पढ्नुहोस्: https://nepalkhabar.com/np/news/politics/61202/ #Dangal2019 #LokSabhaElections2019

Posted by Nepalkhabar on Saturday, May 4, 2019