आगामी निर्वाचनमा काँग्रेस पहिलो पार्टी बनाउँछु : रामचन्द्र पाैडेल

Ramchandra Paudel
लाेकपाटी न्यूज

काठमाण्डौं, २२ वैशाख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन तत्काल गर्नु पर्ने बताएका छन्। उनले सभापति शेरबहादुर देउवालाई दवाव दिएका हुन्।

वरिष्ठ नेता पौडेलले काँग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए।

आइतबार पार्टी केन्द्रिय कार्यालय, सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको रक्षा र मुलुककै रक्षाका लागि पनि नेपाली काँग्रेसको पार्टी जीवनमा नयाँ जागरण अभियान संचालन गर्नुको विकल्प नरहेको बताए।
आन्तरिक रुपमा सवल बनाएर आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने बताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्