काठमाडौं, २२ वैशाख। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्नी सापकोटाले सरकार ‘लाचार र निरीह’ बनेको बताएका छन्।
संसद बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता सापकोटाले आफ्नै दलको नेतृत्वमा रहेको सरकारलाई ‘लाचार र निरीह’ भनेका हुन्। सापकोटाले ‘सरकार यति कमजोर छ, यति लाचार छ।
हामीलाई विज्ञताको कुनै सहयोग भएन। विज्ञताको यति खाँचो पर्यो। हामीलाई यति धेरै स्रोत–साधनको खाँचो पर्यो। सरकारलाई कमजोर बनाउन सुनियोजित षड्यन्त्र गरेर सरकारी जग्गाहरु कब्जा भइरहेको बताए।
भूमाफिया र बिचौलियाप्रति कठोर नहुने हो भने नियतिले आफ्नो बाटो लिने र समयले कसैलाई नपर्खने उनको भनाई थियो।



लाेकपाटी न्यूज

