फेरि उत्तर कोरियाद्धारा मिसाइल प्रक्षेपण

Misayel parixad
लाेकपाटी न्यूज

काठमाडौं, २१ वैशाख। उत्तर कोरियाले शनिबार एउटा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको छ। दक्षिण कोरियाको समाचार संस्था ‘योनहाप’ले उत्तर कोरियाले छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको जनाएको छ।

होदो क्षेत्रमा मिसाइल प्रक्षेपण गरिएको बताइएको छ। स्थानीय समयअनुसार शनिबार बिहान ९ बजेतिर भएको मिसाइल प्रक्षेपणकाबारेमा दक्षिण कोरिया र अमेरिकाका अधिकारीले विश्लेषण गरिरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ससँग गएको फेब्रअरीमा भएको उत्तर कोरियाली नेता किम जोङ–उनको वार्तामा सहमति नजुटेपछि उत्तर कोरियाले परमाणु गतिविधि पुनः तीव्र बनाएको थियो। (एजेन्सी)