आज मातातीर्थ औंसी पर्व मनाइँदै

aama
लाेकपाटी न्यूज

काठमाडौं, २१ वैशाख। आज शनिबार आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी। वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्मदिने आमालाई मीठा–मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ।

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनकारुपमा लिइन्छ। आमा नभएकाहरुले भने आमालाई तर्पण र पिन्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवंगत आमा र उनले गरेका महान् एवं कस्टकर काम सम्झने गर्दछन्।

यसदिन दिवंगत आमाको सम्झनामा काठमाडौंको थानकोट, मातातीर्थमा मेला लाग्ने गर्दछ। शनिबार बिहानैदेखि मातातीर्थमा पुगेर स्नान गरी हरिहरको दर्शन र पूजा गर्नेहरुको घुइँचो छ। आमा नहुनेहरुले मातातीर्थमा श्राद्ध गर्ने गर्दछन्। आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूलो र अतूल्य हुने शास्त्रहरुमा भनिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्