अछाम, २१ वैशाख। अछामको त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा सुन र चाँदी भेटिएको छ ।
साँफेबगर नगरपालिका २ जाल्पादेवी श्रीकोट स्थित जग खन्ने क्रममा सुन र चाँदी भेटिएको हो। चार कोठे भवनको पिल्लरका लागि जग खन्ने क्रममा मजदुरले २ सय ३१ दशमलव ६७ ग्राम सुन र १५ सय ४८ ग्राम चाँदी फेला परेको प्रहरीले जनाएको छ ।
फेला पारेको सुनचाँदी जिल्ला प्रहरी कार्यालय मंगलसेनमा पठाईएको छ। सो स्थानमा मानिसको खुट्टा जस्तो देखिने पहेलो धातु पनि भेटिएको छ। मजदुरहरुबीच भागबण्डामा विवाद भएपछि कुरा बाहिर आएको थियो। विं.सं १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ।


लाेकपाटी न्यूज
