‘प्रधानमन्त्रीज्यू, तपाईं देशकाे प्रधानमन्त्री कि दमककाे मेयर ?’

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, २० वैशाख। प्रधानमन्त्री केपी शर्मा ओली समग्र देशका लागि भन्दा पनि आफ्नो क्षेत्रको विकासमा मात्र केन्द्रित भएको भन्दै सर्वत्र आलोचना भएको छ।

प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको लेटर प्याडमा चैत २९ गते योजनाको सूची बनाएर आयोगलाई थमाएका थिए। उनले झापा क्षेत्र नम्बर ५ का योजनाहरु आगामी बजेटमा राखिदिन पत्र पठाएका थिए ।

पत्रमा भौतीक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, सहरी विकास मन्त्रालय, संघिय मामिला मन्त्रालय युवा तथा खेलकुद मन्त्रालय अन्र्तगतका योजना छन्। उक्त पत्रमा प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद बहादुर कुँवरको हस्ताक्षर छ ।