६१ लाख ब्लड मनी बुझाएर नेपाल फिर्ता

Jogi
लाेकपाटी न्यूज

काठमाडाैं, २० वैशाख। पाँच वर्ष पहिलेबाट यूएईको आबुधाबीमा जेल जीवन बिताइरहेका खड्गबहादुर जोगी नेपाल फर्किएका छन्। एउटै कम्पनीमा कार्यरत फिलिपिनो नागरिकको हत्या आरोपमा जेल परेका फेदाप २ तेह्रथुमका जोगी ब्लडमनीबापतको २ लाख (झण्डै ६१ लाख नेपाली रुपैयाँ) रकम तिरेर बिहीबार नेपाल फर्किएका हुन्।

जोगीलाई गएको सातादेखि आबुधाबीको डिपोर्टेसन सेन्टरमा राखिएको थियो। आवश्यक ट्राभल अनुमतिु पत्र गएको आइतबार नै दूतावासमार्फत बनाएर सम्बन्धित निकायलाई बुझाइएको थियो। जोगीलाई आफ्नै सहकर्मी फिलिपिनो नागरिकको हत्या गरेको अभियोगमा सन् २०१४ मेमा पक्राउ गरी जेल चलान गरिएको थियो।

आबुधाबीको अल वात्बा जेलमा कैदी जीवन भोगिरहेका जोगीलाई गएको मार्च २७ सम्म जेल बस्नुपर्ने र २ लाख दिर्हाम ब्लडमनी तिरेपछि यूएई निकाला गरेर स्वदेश पठाउने फैसला अदालतले गरेको थियो। अदालतको फैसलाअनुसार आवश्यक पर्ने ब्लडमनीका लागि परिवारले अपिल गरेपछि इजरायलमा कार्यरत तेह्रथुमका देव बाँस्कोटाको पहलमा देश तथा विदेशमा रहेका नेपालीमार्फत जोगी बचाउ अभियानु चलाएर विभिन्न मुलुकमा रहेका नेपालीबाट ६१ लाख ९४ हजार रूपैयाँ संकलन गरेको थियो ।

जोगीको उद्दारको लागि आवश्यक रकम संकलन भएपछि नेपाल सरकार, परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावास, अबुधाबी प्रक्रियागत रुपमा पठाइएको र नेपाली दूतावास अबुधाबीबाट तत्कालीन कार्यवाहक राजदूत सागरप्रसाद फुयाल, द्वितीय सचिव बिष्णुकुमारी अधिकारी, श्रम सहचरी मोतिराम भुसाल, पिआरओ इर्फानले समन्वय गरी जोगीलाई नेपाल फिर्ता गराउन पहल गरेको संयोजक बाँस्कोटाले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्