काठमाडौं, २० वैशाख। सभामुख कृष्णबहादुर महराले पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढालाई भेटी स्वास्थ्य लाभको कामना गरेका छन्।
शुक्रबार बिहान पाटन अस्पताल पुगी सभामुख महराले उनलाई सान्त्वना दिनुका साथै स्वास्थ्य लाभको कामना गरेका हुन्। पूर्वसांसद बुढालाई पेटमा समस्या देखिएपछि बिहीबार अस्पतालमा भर्ना गरिएको र अहिले प्रारम्भिक उपचार भइरहेको बुढाकी छोरी विजयज्योतिले बताइन्।
सो क्रममा सभामुख महराले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरतकुमार यादव र चिकित्सकको टोलीलाई बुढाको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरे। उहाँ विं. स. २०४८ मा जनमोर्चा नेपालकोतर्फबाट रोल्पा क्षेत्र नंं. १ बाट विजयी भएका थिए।



लाेकपाटी न्यूज

