नवलपरासीमा ठूलो आँधी, सबै विद्यालय बन्द

School
लाेकपाटी न्यूज

कावासोती, २० वैशाख। हावाहुरीसहित भारी वर्षा भएपछि नवलपुरका अधिकांश विद्यालय शुक्रबार बन्द भएका छन्।
सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै एक दिनका लागि विद्यालय बन्द गरिएको हो।

जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरेलले प्रचलित कानुन अनुसार बिदा दिन नमिल्ने भएपनि हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय व्यबस्थापन समितिको निर्णय अनुसार आकस्मिक बन्द गर्न सकिने भएकाले नवलपुरका अधिकांस विद्यालय शुक्रबार बन्द भएको बताए।

कावासोती नगरपालिकाका सबै विद्यालय भने शुक्रबार बन्द भएका छन्। ठूलो हावाहुरी र वर्षाले विद्यालय सन्चालन गर्न असहज हुने अवस्था देखिएको भन्दै स्थानीय विदाबाट कट्टी हुनेगरी नगरपालिकाका विद्यालय सन्चालन नहुने कावासोती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।

यस्तै, प्याब्सन कावासोतीका सचिव समेत रहेका भएका लुम्बिनी बोर्डिङ्ग स्कुल कावासोतीका सहायक प्रिन्सिपल त्रिभुवन तिवारीले जिल्ला शिक्षा तथा समन्वय इकाई नवलपुरले हुरी बतासको सम्भावना रहेको भनी सुचना गरेकाले शुक्रबार विद्यालय बन्द गरिएको बताए। कावासोतीमा शुक्रबार विहानैदेखि हावाहुरीसँगै पानी परिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्