रौतहट, २० वैशाख । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत् प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमुद ढुंगेल निलम्बित भएका छन्।
डकैत समूहसँग साठगाँठ रहेको आशंकामा उनी निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालय काठमाडौंले अनुसन्धान गर्न भन्दै प्रहरी नायव उपरीक्षक ढुंगेललाई निलम्बन गरेको हो।
सो घटना बाहिर आउनासाथ प्रहरी प्रधान कार्यालयले ढुंगेलमाथि छानबिन थालेको थियो। गृहसचिव प्रेमकुमार राईले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई घटनाबारे विस्तृत् छानबिन गर्न निर्देशन दिएपछि उनीमाथि छानबिन सुरु भएको थियो।
काठमाडौंको रानीबारीका लालेन्द्र शेरचन्दको घरमा भएको डकैती घटना गराउनेमध्येका विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पठाउनुका साथै भेटघाट गरेको पाइएपछि उनीमाथि छानबिन भएको थियो।



लाेकपाटी न्यूज

