उदयपुरको कान्छो तथा विकासको हिसाबले पहिलो नगरपालिकामा पछिल्लो समय नेकपाको पार्टी एकताले बजार तातेको छ। पार्टीको बेलका नगरमा नेतृत्व तहमा को आउने भन्ने विषयमा बजारमा स्थानीयहरु आ–आफ्नो अडकलबाजी गरिरहेका छन्।
पूर्वएमाले र पूर्वमाओवादीबीच एकता भएको एक वर्ष बित्दासमेत स्थानीय तहमा एकताको प्रक्रिया अगाडि बढेको थिएन। तर, हाल तल्लो तहसम्म नै एकताको प्रक्रिया घनिभूत रूपमा अगाडि बढिरहेको छ। केही दिन अगाडि जिल्ला तहको एकताले सबै जिल्लामा पूर्णता पाएसँगै अब स्थानीय तहमा कस्को नेतृत्वमा समिति बन्ला भन्ने कौतुहलता बढिरहेको छ।
बेलका नगरपालिकामा नेकपाको अध्यक्षका लागि धेरै प्रत्यासी देखिएका छन्। पूर्वएमाले र पूर्वमाओवादीबीच अध्यक्ष र सचिवको भागबण्डा हुने तय भएपछि नेताहरू पदका लागि आ–आफ्नो लबिङ्ग थालेका छन्। बेलकाको नेतृत्वका लागि पछिल्लो समय युवा नेताको रूपमा परिचय बनाएका भरत घिमिरेको नाम निकै चर्चामा रहेको छ।
बेलका नगरमा घिमिरेको पनि नाम अध्यक्षको रूपमा स्थानीयमाझ चर्चाको विषय बनेको छ। बिगत १ दशकभन्दा बढी सक्रिय रूपमा माओवादी निकट विद्यार्थी सङ्ग्ठनको जिल्ला तथा केन्द्रीय नेतृत्व तहमा रहेर काम गरेको घिमिरे बेलका नगरको अध्यक्ष भएमा पार्टीको सक्रियतामा वृद्धि हुने युवाहरुको विश्लेषण छ।
घिमिरेले सक्रिय रूपमा पार्टीको सङ्ग्ठन बिस्तार तथा भोलिका दिनमा पनि पार्टीको समुचित विकास गर्न सक्ने युवा भएकाले पार्टी अध्यक्ष घिमिरेले पाउनुपर्ने युवा जमातको माग रहेको छ। तर, एकता प्रक्रिया टुंगोमा नलाग्दासम्म यसै भन्न सकिने अवस्था छैन।
यद्यपि बेलका नगरपालिकामा नेकपाको अध्यक्षको रूपमा को आउला भन्ने जिज्ञासमा नगरमा देखिन्छ। नगरभित्रका अधिकांश कमिटी र नेताहरु घिमिरेको पक्षमा देखिएका छन्। युवालाई नेतृत्व दिँदा पार्टी संगठनमा गतिशीलता आउने भएकाले घिमिरेको विषयमा विवाद गर्न नहुने धेरैको तर्क छ।
घिमिरे शालिन स्वाभावका युवा नेता मानिन्छन्। युवाहरुबीच उनी लोकप्रिय मात्र छैनन्, आशाका केन्द्र पनि छन्। आफूभन्दा सिनियर नेताहरुलाई सम्मान गर्न र मिलाएर जानसक्ने खुवीका कारण घिमिरे नै स्थानीयको पहिलो रोजाइमा परेका हुन्।



लाेकपाटी न्यूज

