सुर्खेत, १९ वैशाख। ग्यास सिलिण्डरमा आगो लाग्दा कसरी निभाउने ? सशस्त्र प्रहरीले ग्यास सिलिण्डरमा आगलागी हुँदा निभाउने तरिका सिकाएको छ।
सशस्त्र प्रहरी बल महेश्वरी बाहिनी सुर्खेतले सुर्खेतका स्थानीयलाई ग्यास सिलिण्डरमा हुने आगलागीलाई नियन्त्रण गरी क्षति कम गर्ने उपाय सिकाएको हो। त्यसक्रममा शसस्त्रले प्रयोग गरेर समेत ग्यास सिलिण्डलमा आगलागी भए कसरी नियन्त्रणमा लिने भनि सिकाएको थियो। उक्त उपयलाई स्थानीयले निकै चासोका साथ हेरेका थिए।
शसस्त्रले ग्यास सिलिण्डरमा आगलागी हुँदा बाल्टीले ढाकेर वा कपडाले छोपेर निभाउने तरिका प्रदर्शन गरेर देखाएका थिए। आगो निभाउने तरिका प्रदर्शन हेर्न थुप्रै मानिसहरुको भिड थियो।



लाेकपाटी न्यूज

