जनकपुरधाम, १९ वैशाख । प्रदेश नं. २ को राजधानी तथा नामको विषयले औपचारिक रुपमा प्रवेश पाएको छ।
प्रदेश नं. २ को सरकारले गठन गरेको संवाद सुझाव आयोगले करिव ६ महिना लगाएर तयार पारेको ६४ पृष्ठको प्रतिवेदन आयोगका तर्फवाट संयोजक तथा प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाले प्रदेश नं. २ को मुख्यमन्त्री लालबाबु राउतलाई बिहीबार हस्तान्तरण गरेका छन्।
प्रदेश नं. २ को विभिन्न आठ वटा जिल्लामा गएर विभिन्न राजनीतिक दल, संघीय संसदका सदस्यहरु, राष्ट्रिय सभाका सदस्यहरु, प्रदेश सभाका सदस्य, नागरिक समाजका अगुवा, बुद्धिजीवि, पेशाकर्मी, व्यवसायि त्था सर्वसाधारणसँग कुराकानी गरेर सो प्रतिवेशन तयार गरेको छ।
आयोगले ८ सय जनालाई लिखित प्रश्नावली बनाएर लिखित सुझावहरु पनि संकलन गरेको आयोगका संयोजक तथा प्रदेश नं. २ का सरकारका नीति आयोगका उपाध्यक्ष डा. हरिबंश झाले जानकारी दिए। राजधानी तथा नामको विषयमा मिश्रित प्रतिक्रिया आएपनि बहुमत पक्षले भनेको विषयहरु समावेश गरि आवश्यक राय सुझाव सहित प्रतिवेदन बुझाएको डा. झाले बताए।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिवेदनको अध्ययन गरेर प्रदेश मन्त्री परिषदमा छलफल गरेर पारित गरि प्रदेश सभाको संसदीय समितिमा पनि छलफल गरेर प्रदेश सभामा यसै अधिवेशनमा पेश गरेर निर्णय लिने बताए।
प्रतिवेदनमा भएको विषय वस्तुहरु पनि छलफल र अध्ययनपछि मात्र सार्वजनिक गर्ने बताउदै मुख्यमन्त्री राउतले आम जनताको चाशोको विषय रहेको प्रदेशको राजधानी तथा नाम चाडै प्रदेश सभावाट पास गराउने पक्षमा भएको बताए।



लाेकपाटी न्यूज

