नयाँ दिल्ली, १९ वैशाख। मुसलवानको बाहुल्यता भएका देशहरुमा बुर्का नगाउने नलगाउने भन्ने विषयमा ठुलो विवाद भइरहँदा भारतको मेरलास्थित एक मुस्लिम क्याम्पसले बुर्कामाथि प्रतिबन्ध लगाएको छ।
उक्त कलेजले बिहीबारबाट बुर्कामाथि प्रतिबन्ध लगाउँदै छात्राहरुलाई बुर्का लगाएर कलेज नआउन आदेश दिएको हो। मल्लापुरमको अल्पसंख्यकक कलेजमा बुर्का लगाउन प्रतिबन्धीत गरिएको छ। शिवसेनाले यदि रावणको लंकामा बुर्कामाथि प्रतिबन्ध लगाउन सकिन्छ भने रामको अयाध्यामा किन सकिदैन भनेपछि यस विषयमा ठुलो विवाद आएको थियो।
तर, एआईएमआईएम अध्यक्ष असदुद्दीन ओवैसीले यसको विरोध गर्दै भारतको संविधान अनुसार सबैले आफुले इच्छाएको चीज लगाउन पाउनुपर्ने बताएका थिए।



लाेकपाटी न्यूज

