विप्लवका शिक्षक संगठन उपाध्यक्ष लम्साल पक्राउ

Biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौं, १९ वैशाख। अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष बिबेक प्रसाद लम्साललाई नियन्त्रणमा लिएको हो।

बेलौरी नगरपालिका वडा नम्बर ८ कलकत्ता घर भएका बिबेक प्रसाद लम्साललाई नियन्त्रणमा लिएको डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए। लम्सालले गाँउघरमा चन्दा असुल्ने उदेश्यले धम्की दिएको प्रहरीको दाबी छ।सरकारले प्रतिबन्ध लगाए सगै प्रहरीले ३ सय जनाभन्दा बढी नेता तथा कार्यकर्तालाई पक्राउ गरिसकेको छ।

सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पाटी९नेकपा०का कार्यकर्ताहरु धमाधम पक्राउ गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्