छ हजार पाँच सय बेरोजगार

berojgar Line
लाेकपाटी न्यूज

बाँके, १९ वैशाख। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाँकेमा ६ हजार ४ सय २२ जनाले बेरोजगार फारम भरेका छन्।

नेपालगञ्ज उपमहानगरपालिकामा गत चैत मसान्तसम्म ६ हजार ४ सय २२ जनाले बेरोजगार फारम भरेका छन्।चैत १ गते बाट लागू भएको कार्यक्रममा नेपालगञ्जको २३ वडा मध्ये सबैभन्दा बढी वडा नम्बर १९ बाट करिब एक हजार दुई सयले फाराम भरेको रोजगार संयोजक हरिबोल भट्टराईले जानकारी दिए।

यो फाराम १८ वर्षदेखि ५९ वर्षसम्मका नागरिकले भर्न पाउने व्यवस्था छ। फारम भर्ने समय वैशाख महिनासम्म थपिएको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्