काठमाडौं, १९ वैशाख। चिकित्सा विज्ञानले झारफुकलाई नमाने पनि झारफुकले बिरामी सन्चो हुने विश्वास अझैं हटेको छैन।
काठमाडौंमैै बालबालिका बिरामी पर्दा झारफुक गर्ने चलन छँदैछ। नेपाल देवता, अजिमा आदिले छुने भन्दै झारफुक गरिन्छ र कतिपय माता भनिने वा अरूको समेत पेशा जस्तै बनेको छ झारफुक। जयवागेश्वरीमा डोनट बनाउने पेशाका ५० वर्षीय सुभाष आचार्य दैनिक कम्तीमा पनि ५० बालबालिकाको झारफुक गर्छन्। उनी भन्छन्, ‘झारफुक गर्न आउँछन्, नभ्याए पनि बालबालिकालाई फुकफाक गर्छु।’
जयवागेश्वरीमा डोनट बनाउने पेशासँगै झारफुक गर्ने आचार्यजस्ता अरु पनि छन् । आचार्यका अनुसार जन्मने वित्तिकै मरेका शिशु, नाबालकमै मरेका र गर्भपतन गरिएका परिवारमा जन्मिएका बच्चा र पाठेघरमा गर्भ बस्न नसकेर सुकेका भ्रुण भोगेको परिवारमा जायजन्म भएका बालबचचामा स्वयम्भु अजिमाको दोष देखा पर्छ र तिनलाई फाकफाक गरेर जाति हुन्छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।



लाेकपाटी न्यूज

