नेकपाको पार्टी गीत बजारमा (भिडियोसहित)

song
लाेकपाटी न्यूज

काठमाडाैं,१८ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो पार्टी गीत ‘नयाँ सोच’ सार्वजनिक भएको छ। तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता भएपछि नेकपाको पार्टी गीत ‘नयाँ सोच’ सार्वजनिक गरिएको हो।

यस गीतमा कमला गौतम (मुस्कान) र साथीहरुको स्वर रहेको छ भने शब्द पनि स्वयं गायिका कमला गौतम (मुस्कान)को नै रहेको छ। गीतमा रोहित सुवेदीले संगीत दिएका छन्।

गीतको एरेन्ज दिपेश तामाङले गरेका हुन्। यस्तै यस गीतको भिडियो सम्पादन डिवी प्रहारले गरेका छन्। गीत निकै मिठो र दमदार रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्