विराटनगर, १८ वैशाख। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधानबाट मजदूरले पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन्।
नेपाल ट्रेड युनियन कांग्रेस र मोरङ समितिद्वारा १३०औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
नेता सिटौलाले मुलुकलाई समृद्धिको बाटोमा लैजान श्रमिकको हक र अधिकार सुनिश्चित हुनुपर्छ। उनले स्वतन्त्र न्यायालयको मर्ममाथि कसैले पनि प्रहार गर्नु राम्रो होइन भन्दै सरकारलाई श्रमिकको पक्षमा उभिन आग्रह गरे।



लाेकपाटी न्यूज

