ट्रेड युनियन कांग्रेसले बिरामीलाई फलफुल बितरण गरी मनायो श्रमिक दिवस

nepali-congress-nuwakot
लाेकपाटी न्यूज

नुवाकोट, १८ वैशाख । ट्रेड युनियन कांग्रेस नुवाकोटले अन्तर्राष्ट्रिय श्रमिक दिवस बिरामीसँगै मनाएको छ। नेपाली कांग्रेसको भ्रातृ संस्था ट्रेड युनियन कांग्रेसले १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस बिरामीका बीचमा मनाएको हो।

नुवाकोट जिल्लाकै पुरानो त्रिशुली अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण गरेर ट्रेड युनियन कांग्रेसले मजदुर दिवस मनायो। नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी, सचिव सुरेन्द्रराज अधिकारी, नेता राजु थापा लगायतको उपस्थितिमा ४० जना बिरामीलाई फलफुल बितरण गरिएको ट्रेड युनियन कांग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटाले जानकारी दिए ।

दिवस मनाउने नाममा मजदुररूलाई कोरा भाषणमात्र सुनाउनुको साटो यो खाले तरिकाको सिको गर्ने हो भने यस्ता दिवसहरूको समेत गरिमा बढ्दैजाने निश्चित छ ।