काठमाडौं, १८ वैशाख। राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता भएकी छिन्। चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि चीन पुगेकी भण्डारी अस्वस्थ्य भएपछि उनी भ्रमण छोट्याएर स्वदेश फिर्ता भएकी हुन्।
उनी साताव्यापी भ्रमणका लागि चीन पुगेकी थिईन्। उनी भोली फिर्ता हुने कार्यक्रम रहेको थियो। राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु लगाएत संवैधानिक अंगका प्रमुखहरुले स्वागत गरे।
उनी गत बैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन्। ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’का कारण समस्या देखिएको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।



लाेकपाटी न्यूज

