“विष्णु पौडेलले ८ आना जग्गा बकस पाएका हुन्” : पूर्वमन्त्री विश्वकर्मा

biswokarma min
लाेकपाटी न्यूज

काठमाडौं, १८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मिन विश्वकर्माले नेकपाका महासचिव विष्णु पौडेलले सबै सेटिङ मिलाएबापत बालुवाटार प्रकरणमा ८ आना जग्गा बकस पाएको आरोप लगाएका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पौडेलमाथि यस्तो आरोप लगाएका हुन्।
‘मैले सुनेको चाहीँ उनले सबै सेटिङ मिलाएकोले त्यो ८ आना जग्गा बकस पाएका हुन्।

अनि कसको नाउमा राखौं भनेर सोध्दा उनले आफ्नो नाममा राख्दा नराम्रो सन्देश जान्छ र अर्काको नाममा राख्दा सुरक्षित नहुने भएकोले छोराको नाममा राखेका हुन् अरे ।’

उनले ललिता निवासलाई मोही कायम गर्न लाखौं-करोडौं खर्चिएका भूमाफीयाहरुले विष्णु पौडेलको कारण आफूहरु फसेको गुनासो गरेको पनि दाबी गरेका छन्।

सार्वजनिक जग्गा प्रकरणमा मुछिएपछि पौडेलले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने उनको भनाइ थियो। ‘सरकारी जग्गा हडप्न किर्ते गर्नेहरु, गैरकानूनी ढंगले सरकारी जग्गाहरु कब्जा गर्ने सबैजना दण्ड, सजायको भागीदार हुनुपर्छ।’

समाजको रोल मोडल भएकोले विष्णु पौडेललाई यो प्रकरणमा दोब्बर, तेब्बर र विशिष्ट ढंगको सजाय गर्नुपर्ने पनि विश्वकर्माले माग गरे। प्रधानमन्त्रीलाई समेत मुछ्दै उनले केपी शर्मा ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेको अर्को गम्भिर आरोप लगाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्