दुई अखिलले मनाए ३४ औँ मित्रमणी आचार्य दिवस

pic
लाेकपाटी न्यूज

काठमाडौं, १८ वैशाख। सत्तारुढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले संयुक्त रुपमा ३४ औँ सहिद मित्रमणी आचार्य दिवस मनाएका छन्।

नेपालका सवै वामपन्थी विद्यार्थी संगठनहरुले वैशाख १८ गतेलाई मित्रमणी दिवसको रुपमा मनाउँदै आएका छन्।
वि.सं.२०४२ साल वैशाख १८ गते चितवनमा सहिद मित्रमणीको हत्या भएको थियोे।तत्कालीन अनेरास्ववियूका केन्द्रीय सदस्य र रामपुर कृषि क्याम्पसका स्ववियु सभापति समेत रहेका आचार्य लोकप्रिय विद्यार्थी नेता थिए।

मंगलबार राजधानीमा आयोजित स्मृति सभामा नेकपाका ३ नं. प्रदेश अध्यक्ष नारायण दाहालले मित्रमणी लगायतका सवै सहिदका सपना पूरा गर्नु नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने वताए। कार्यक्रममा अखिल (क्रान्तिकारी) का पुर्व अध्यक्ष रमेश मल्ल, अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ , अनेरास्ववियु उपाध्यक्ष शैलेश लामा लगायतले आचार्यको जीवनबारे चर्चा गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्