श्रमिकलाई दक्ष बनाउन राज्यले ढिलाई गर्नुहुँदैन : सभामुख महरा

Krishna Bahadur Mahara
लाेकपाटी न्यूज

काठमाडौं, १८ वैशाख। सभामुख कृष्णवहादुर महराले श्रमजीवी मजदुरहरुलाई आफ्नै देशमा श्रम गर्ने वातावरण तयार गर्न र दक्ष, व्यावसायिक एवं सबल बनाउनतर्फ राज्यले अब पहलकमदी लिनुपर्ने भन्दै श्रमिक दिवसको अवसरमा सवैलाई शुभकामना दिएका छन्।

उनले हाम्रो संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको भन्दै संविधानको मर्मअनुसार संघीय संसदमा अहिले केही श्रमसम्बन्धी ऐन कानूनहरु निर्माणका क्रममा रहेको र श्रमिक वर्गको पक्षमा ऐन कानूनहरु निर्माण गर्नुका साथै संविधानप्रदत्त हक कार्यान्वयन भएमा मात्रै साँचो अर्थमा मजदूरहरुले अधिकार प्राप्त गर्नेछन् भन्ने आफुले विश्वास लिएको वताएका छन्।

‘हामीले श्रमिक दिवस मनाइरहँदा अहिले पनि लाखौं नेपाली श्रमिकहरु न्यून पारिश्रमिकमा विदेशमा श्रम बेच्न बाध्य भइरहेको तीतो यथार्थ हाम्रा सामू रहेको छ। श्रमिक वर्गको हितका लागि स्वदेशमै प्रशस्त रोजगारीको सिर्जना गरी उनीहरुलाई आफ्नै देशमा श्रम गर्ने वातावरण तयार गर्न र श्रमिकहरुलाई दक्ष, व्यावसायिक एवं सबल बनाउनतर्फ राज्यले ढिलाइ गर्नुहुँदैन।’

सभामुख महराको वक्तब्यमा भनिएको छ, ‘त्यसका लागि आवश्यक नीतिगत व्यवस्था तथा व्यवहारिक रुपमा कार्यान्वयनको पक्षलाई कठाइका साथ अघि बढाउन जरुरी छ। ’
mahara

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्