आज मजदुर दिवस : मजदुर दिवसबारे जान्नैपर्ने केही तथ्य (इतिहास)

International-labour-Day-
लाेकपाटी न्यूज

काठमाडौं, १८ वैशाख। आज बुधबार अन्तर्राष्ट्रिय मजदुर दिवस हो। विश्वभरका मजदुरहरुले बुधबार आफ्नो महत्वपूर्ण दिवस बिभिन्न कार्यक्रमका साथ मनाइरहेका छन्।

नेपालमा पनि बिभिन्न श्रमिक सङ्गठन तथा कम्युनिष्ट पार्टीहरुले यो दिवस मनाइरहेका छन्। कम्युनिष्ट आन्दोलन रक्षात्मक बनिरहेको अहिलेको समयमा श्रमिक दिवसको महत्व थप बढ्दै गइरहेको छ। किनकि, कम्युनिष्ट आन्दोलनले क्रान्तिको चालक शक्तिको रुपमा श्रमिक वर्गलाई मान्दछ र समाजमा विद्यमान शोषणको जरालाई समूल नष्ट गरी शोषण रहित समाज निर्माण गर्नका लागि श्रमिक वर्गको एकता र बलमा आन्दोलन गरी समाजवादी क्रान्ति गर्ने र उनीहरुकै अधिनायकत्वमा वैज्ञानिक समाजवादी शासन व्यवस्था र समाज स्थापना गर्नुको विकल्प नभएको मार्क्सवादले सिकाएको छ।

तर, अहिले श्रमिक आन्दोलनले विश्वव्यापी रुपमा शक्तिशाली भएको छैन्। तर, उनीहरुमाथिको शोषण नयाँ रुपमा झनझन चर्को हुँदै गइरहको छ। यस्तो अवस्थामा मे दिवसलाई रीत पुर्‍याउने किसिमले मात्र नभई नयाँ समयमा नयाँ ढङ्गले संगठित गर्नु जरुरी छ। यस अर्थले पनि यो दिवसको महत्व बढेको छ। मे दिवससम्बन्धी केही तथ्यहरु

१.अमेरिकाको सिकागो शहरमा १ मे १८८६ मा ३ लाखौं मजदुरहरुले ८ घण्टा कार्य दिवसको माग गर्दै आम हडताल गरे। तीन दिनपछि ४ मे मा सिकागोको “हे मार्केट” मा जम्मा भएको भिड हटाउन पुलिसले जबर्जस्ती कार्वाही गर्दाको समयमा कसैले भिडमा बम फ्याकी दियो। त्यसैलाई निहु बनाई पुलिसले मजदुरको भिडमा गोली चलाउँदा ८ मारिए, ६० घाइते भए। कैयन मजदुरहरुलाई पक्रेर ४ मजदुर नेतालाई झुण्ड्याएर मारिदिए।

२. सन् १८८९ मा  Second International को पेरिसमा भएको प्रथम महाधिवेसनले “हे मार्केट” दमनको बिरोधमा १८९० मे १ मा विश्वब्यापी बिरोध प्रदर्शन गर्ने निर्णय गर्‍यो।

३. सन् १८९१ मा Second International को ब्रसेल्समा भएको दोस्रो महाधिवेसनले “१ मे ” लाई विश्वभरी नै मजदुर दिवसको रुपमा मनाउने निर्णय गर्‍यो । उक्त दिन सबै मजदुरले काम बन्द गर्ने निर्णय गरे।

४. मे १, १८९० मा Communist Manifesto  को चौथो जर्मन संस्करणको भूमिकामा विश्व सर्वहारा वर्गका नेता फ्रेडरिक एङ्गेल्सले प्रथम International May दिवसबारे भने, “ अब सबै ठाउँका पुँजीपति र जमिन्दारहरुले महसुस गरेको हुनुपर्छ कि सबै ठाउँका सर्वहारा वर्ग एकजुट भएका छन्।

कठै मार्क्स आज म सँगै यो दिन देख्न बाँची रहेको भए !” (कार्ल मार्क्सको १८८३ मा देहान्त भयो भने फ्रेडरिक एङ्गेल्स १८९४ मा बिते) !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्