काठमाण्डौं, १७ वैशाख। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनमा विचारको खडेरी पर्दै गएको बताएका छन्।
अध्यक्ष दाहालले बैचारिक बहसमा केन्द्रीत नभए नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर दुर्घटनामा फस्ने सम्भावना रहेको बताए। १ सय ३० औंँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मजदुरहरुलाई पनि समाजवादी कित्ताको पक्षमा उभिएर अघि बढन आह्वान गरे।
अध्यक्ष प्रचण्डले विश्वमा ठूल्ठूला आन्दोलन, क्रान्ति र परिवर्तन विचारको बलमा भएको उल्लेख गर्दै नेपालमा पनि समाजवादको आधार निर्माण हुने गरी विचारको बहसलाई अघि बढाउन आवश्यक रहेको बताए। अध्यक्ष दाहालले समाजवादको आधार तयार पार्न सोही अनुसारको पार्टी संगठन, विचार, कार्यशैली र संरचनाको सुधारमा सबैले जोड दिनुपर्ने बताए।



लाेकपाटी न्यूज

