काठमाडौं, बैशाख १७ । ग्लोरी मिडियासँगको सहकार्यमा मोडल सङ्स नेपालले ‘मिस्टर प्लस साइज नेपाल’ आयोजना गर्दैछ । नेपालमा पहिलो पटक हुन गइरहेको मिस्टर प्लस साइज सौन्दर्य प्रतियोगिताको अडिसन यही ज्येष्ठ ०४ गते लाई तोकिएको छ ।
प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति गत बैशाख ०२ गतेबाट अडिसन फाराम वितरण शुरु गरिएको थियो । अडिसन फारम बागबजार स्थित ग्लोरी मिडिया र मोडल सङ्स नेपालको कार्यालयबाट वितरण हुँदै आएको आयोजक संस्थाले बताएको छ ।
प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन सक्नेछन् । १६ देखि २५ बर्ष उमेर समूहका लागि ६० केजीभन्दा माथिको तौल र २५ बर्ष भन्दा माथिका लागि ७० केजीभन्दा माथिको तौल हुनुपर्ने प्रावधान तोकिएको छ ।
आयोजक संस्थाका प्रमूख डेबिल सिंह राजपुतका अनुसार अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिनेछ । जसमा प्रतिस्पर्धीहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्बन्धि ज्ञान तथा प्रशिक्षण दिइनेछ । मोडल सङ्स नेपालले विगत २ वर्षदेखि महिलाहरुका लागि सुपर प्लस साइज मोडल नेपाल आयोजना गर्दै आएको छ । मिस्टर प्लस साइज नेपाल प्रतियोगिताले मोटोपना भएका युवाहरुलाई प्रोत्साहित गर्ने ग्लोरी मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले बताए ।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीन जना रनरअपहरुले क्रमशस् ५० हजार, ३० हजार र २० हजार हजार नगद सहित विभिन्न गिफ्ट ह्याम्परका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी आयोजक संस्थाले दिएको छ ।



लाेकपाटी न्यूज
