काठमाडौं, १७ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा आलु धेरै फलेको बताएका छन्। उनले आफू नेतृत्वको सरकार आएपछि मुलुकमा आलु धेरै फलेको बताएका हुन्।
नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले यो वर्ष आलु उत्पादन ९ प्रतिशतले बढेको बताए । ‘यो मेरो सरकार आएपछि आलु धेरै फल्यो, ९ प्रतिशत धेरै फल्यो, धान मकै गहुँ पनि धेरै फलेको छ’ ओलीले सांसदहरुलाई निर्देशन दिँदै भने, ‘अब तपाईँहरु फलफूल रोप्ने अभियान चलाउनुस्, आफ्नो जग्गा नभए सार्वजनिक जग्गामै भएपनि लगाउनुस् ।’
प्रधानमन्त्री ओलीले यो वर्ष २३ लाख फलफूलका विरुवा रोपेकोसमेत उल्लेख गरे । ‘जहाँ सकिन्छ फलफूल लगाउनुस् कसले खान्छ चिन्ता लिनुपर्दैन, लोखर्केले खाए पनि खाओस् तर फलफूलका विरुवा रोप्नुस्’ उनले भने ।


लाेकपाटी न्यूज

