‘हत्कडी हाेइन, प्रमाणले बाँधौं’ : महान्यायाधिवक्ता

Agni_Kharel
लाेकपाटी न्यूज

गुल्मी,  १७ वैशाख। संघीय सरकारका महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले २१ औं शताब्दीको न्याय प्रकृया भनेको हत्कडीले बाँधेर नभइ प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रकृयातर्फ उन्मुख बन्दै गएको बताएका छन्।

उनले वर्तमान अवस्थामा फौजदारी न्याय प्रशासन प्रकृया अघि बढाइरहँदा कुनै पनि व्यक्तिलाई बलपूर्वक वा हत्कडीले बाँधेर न्याय सम्पादन नगरी प्रमाणले बाँधेर अपराधीहरुलाई उम्कन नदिने गरी कार्य सम्पादन गर्न आग्रह गरे।

मंगलबार जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको नवर्निमित भवनको उद्घाटन गर्दै महान्यायाधिवक्ता खरेलले अनुसन्धानको क्रममा रहेका कुनै पनि व्यक्तिलाई यातना दियर बयान गराइने अवस्थाको अन्त्य भएको भन्दै न्याय सम्पादनमा विना यातना स्वतत्रपूर्वक आफ्ना कुराहरु भन्न पाउनु पर्ने वातावरण बनाउनु पर्ने कुरामा जोड दिएका थिए।

उनले अनसन्धानको सिलसिलामा फौजदारी न्याय प्रशासनलाई अघि बढाउने कतिपय कुराहरुमा आफूहरुले ध्यान पुराउन र ध्यान दिन नसकिरहेको बताउँदै अपराध अनसन्धानको कुरामा विचार र्पुयाएर अघि बढ्नुपर्नेमा जोड दिए। ‘

अपराध गर्ने मानिसहरु समाजकै वरिपरि घुमिरहेका हुन्छन्, तर हामीले तिनीहरुलाई कहिल्यै शंका र अनुमान गर्न सक्दैनौँ तर तिनीहरु हामीले थाहा नपाइकन धेरै सञ्जालमा गाँसिएका हुन्छन, तर तिनीलाई हामीले सग्लो रुपमै देखेका हुन्छौं,’ खरेलले भने। उनले कुनै पनि घटनाको चित्र र प्रवृत्तिलाई मात्र बाहिर ल्याइदिन सञ्चारकर्मीसँग आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्