डाेनाल्ड ट्रम्पले बाेले १० हजार झुट

Trump pic
लाेकपाटी न्यूज

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० हजारभन्दा धेरै झुट बोलेका छन्। सन् २०१७ जनवरीमा राष्ट्रपति पदभार सम्हालेदेखि डोनाल्ड ट्रम्पले १० हजारभन्दा धेरै झूटो बोलेको दावी गरेका छन्।

वासिन्टन पोष्टका तथ्य–निगरानीकर्ताले गल्ती मापन गरेका थिए। सोमबार पत्रिकाले ट्रम्पको झूटो दावी र गलत सूचना उल्लेखको संख्या १० हजार नाघेको जानकारी दिएको हो। राष्ट्रपतिको समयमा पछिल्ला महिनामा ट्रम्प झनै झूटो दावी गर्न थालेको पत्रिकाले जनाएको छ।

ट्रम्पले कार्यभार सम्हालेको ६ सय १ दिनमा ५ हजार झूट बोलेका थिए। त्यो हिसाबमा उक्त अवधिमा उनले आंैसतमा दैनिक ८ वटा झूट बोले। त्यसपछिका २ सय २६ दिनको समयमै ५ हजार झूटो कुरा बोले।
त्यसपछिका पछिल्ला २ सय २६ दिनमा ट्रम्पले दैनिक २३ झूटो दावी प्रस्तुत गरे।

ट्रम्पको झूटो बोल्ने दर रुसको हस्तक्षेपबारे रोबर्ट मुलरको रिपोर्ट प्रकाशन भएको समयमा उलेख्य वृद्धि भएको पाइयो। त्यस्तै सिमानामा प्रस्ताव गरिएको पर्खालका कारण सरकारी कामकाज आशिंक बन्द हुदाँ पनि त्यस्तै वृद्धि देखिएको थियो।

अर्को बढी झूट मध्यवर्ती चुनावको बेला भएका चुनावी प्रचारमा देखियो। वासिन्टन पोष्टले ट्रम्पले कस्ता विषयमा झूट बोल्छन् भन्ने कुराको पनि वर्गीकरण गरेको छ। पोष्टका अनुसार उनले बोल्ने कुल झूटमध्य पाँचमा एक आप्रवासन सम्बन्धी थियो। एउटै कुरा सबैभन्दा धेरै झूट सिमाना पर्खाल निर्माण भइरहेको छ भन्ने थियो। जबकि पर्खाल निर्माण सुरु नै भएको छैन्।