नेकपा संसदीय दलको बैठक : सरकार पुनर्गठनबारे छलफल होला ?

Nepal-Communist-Party
लाेकपाटी न्यूज

काठमाडौं, १७ वैशाख। मंगलबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठक शुरु भएको छ।संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पमकल दाहालले सम्बोधन गर्ने छन्।

संसदीय दलको बैठकमा सोमबारदेखि सुरु भएको संसदको बजेट अधिवेशनबारे छलफल हुनेछ । नेकपाले संसदको हरेक अधिवेशनको सुरुमा र अन्त्यमा संसदीय दलको बैठक बोलाउने परम्परा अनुसार बैठक बस्न लागेको हो। बैठकमा आगामी बजेट अधिवेशनबारे केही अन्तरवस्तुमा पनि छलफल हुने बताइएको छ।

बैठकमा हिउँदे अधिवेशनपश्चात आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका सांसदहरुले त्यहाँबाट प्राप्त गरेका सुझावहरु नेतृत्वलाई सुनाउने छन्। हिउँदे अधिवेशनपश्चात् आगामी आर्थिक वर्षको बजेटमा सुझाव संकलनका लागि सांसदहरु निर्वाचन क्षेत्रमा परिचालित भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्